सुन तोलामा ५९ हजार ६ सयमा कारोबार

काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा ५९ हजार ६ सयमा कारोबार भइरहेको छ ।

मंगलवार तोलामा ५९ हजार ७ सयमा कारोबार भएको छापावाल सुनको भाउ बुधवार घटेर तोलामा ५९ हजार ६ सयमा कारोबार भइरहेको हो । 

यस्तै तेजावी सुन ५९ हजार ३ सयमा कारोबार भइरहेको छ भने चाँद्यी तोलामा ७ सय २५ मा कारोबार भइरहेको छ ।

मंगलवार पनि यही भाउमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?