रुपन्देहीको गैडहवामा आगलागी हुँदा ६ घर जलेर नष्ट, १० घण्टा विद्युत सेवा अवरुद्ध

बुटवल । रुपन्देहीको गैडहवामा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् भने करिब १० घण्टा विद्युत सेवा अवरुद्ध भएको छ । 

रुपन्देहीको गैडहवा गाउँपालिका ४ सूर्यपुरा ठाकुरापुरमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएको हो । 

प्रहरीका अनुसार हनुमान कलवारको गहुँ काटेर थुपारिएको छ्वालीबाट फैलिएको आगोले स्थानीयका ६ घर जलेका हुन् । खरले छाएका घर जल्दा अन्नपात र भाँडाकुँडा नष्ट हुनुका साथै आगोमा जलेर तीनवटा बाख्रासमेत मरेका छन् ।

दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा बिहीवार बिहान २ः३० बजे आगो नियन्त्रणमा लिइएका थिए । 

आगोले पुर्याएको क्षतिको पूर्णविवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?