बालुवाटारको जग्गा घोटाला प्रकरण : आयो नयाँ ‘ट्वीस्ट’, राणा परिवारको यस्तो खुलासा

काठमाडौं ।  बालुवाटारस्थित ‘ललिता निवास’को जग्गा प्रकरणमा नयाँ ‘ट्वीस्ट’ आएको छ । सुवर्ण शम्शेरका परिवारले बालुवाटार जग्गा प्रकरणमा मुख खोलेका छन् । 

शुवर्ण शम्शेर परिवारका तर्फबाट रुक्म शम्शेर, हेमाद्री शम्शेर र हाटक शम्शेर राणाले बिहीबार एक विज्ञप्ति निकाल्दै आफ्ना बाबु बाजे सुर्वण तथा कञ्चन शम्शेर जवराको ललिता निवास क्याम्पको घरजग्गा मुअव्जा बुझाई २०२१ सालमा अधिग्रहण भएको सम्पत्ति जफत नाममा फिर्ता गरी सरकारी जग्गा हिनामिना गरेको भनेर प्रकाशित समाचारहरुमा सत्यता नभएको उनीहरुको दाबी छ ।  
राणा परिवारले ललिता निवासबारे बाहिर आएका समाचारहरु भ्रमपूर्ण  रहेको बताए ।  

राणा परिवारले १७ बुँदे विज्ञप्ति जारी गर्दै भनेका छन्,‘सुवर्ण शम्शेरको नाममा दर्ता श्रेस्ता कामय भएको ललिता निवासभित्रको घर जग्गा सुवर्ण शम्शेरले मिति २०१७ साल असार १५ गतेको वण्डापत्र र मालपोत कार्यालय २०१७ असार ३१ मा र. न. १५४७ बाट पारित गरी आफ्नी श्रीमती स्वेत प्रभा राणा–१, छोराहरु कनक, कञ्चन र रुक्म शम्शेर राणालाई ५७ रोपनीका दरले दिइ बाँकी ५७ रोपनी आफ्नै नाममा छ ।’

राणा परिवारले उक्त जग्गा नेपाल सरकारको स्वामित्वमा नगएको जिकिर गरे । साथै समरजंग कम्पनीको रेखदेखमा मात्र रहेको २१२ रोपनी जग्गामध्यबाट सुर्वण शम्शेर र कञ्चन शम्शेरको परिवारमा कानूनले तोकेको हदसम्मको जग्गा फिर्ता गरिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?