करिब १५ हजार बालबालिका विद्यालयको पहुँचबाहिर छन् ।
सुन्दै अचम्म लाग्ने यो तथ्य प्रदेश ३ को हो ।
शिक्षा विकास निर्देशनालय प्रदेश ३ ले जनाएअनुसार शैक्षिक सत्र ०७६ को भर्ना अभियानमा ती सबै बालबालिकालाई विद्यालय भर्ना गराउने निर्देशनालयको लक्ष्य छ।
तर यो लक्ष्य पुरा हुन्छ हुँदैन त्यो भने समले नतिजा दिनेछ ।
‘हाम्रो नगर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऊँ’ भन्ने नाराका साथ प्रदेश सरकारले विद्यालय भर्ना अभियान सञ्चालन गरिरहेको छ।
तर अघिल्ला वर्षहरुको तथ्यांक पल्टाउने हो भने यी बालबालिका विद्यालयको पहुँचमा पुग्छन् कि पुग्दैनन् भन्ने आशंका छ ।
एक तथ्यांकअनुसार ०७५ असार मसान्तसम्म २१ हजार सात सय २० जना बालबालिका विद्यालयबाहिर थिए। अघिल्लो वर्षको विद्यालय भर्ना अभियानमा विद्यालयबाहिर रहेका नौ हजार दुई सय ९४ बालबालिका विद्यालय भर्ना भएका थिए।
०७४/ ७५ मा ३१ हजार १४ जना बालबालिका विद्यालयबाहिर थिए।
तथ्यांकअनुसार नयाँ शैक्षिक सत्र २०७६ को भर्ना अभियान सुरु हुनुअघि प्रदेश ३ मा ३८ जना विद्यार्थीलाई एक जना शिक्षकले पढाउँदै आएका थिए।
माध्यमिक तहसम्म गरी प्रदेश ३ मा ११ लाख ६५ हजार ६ सय ११ विद्यार्थी रहेकामा ३० हजार पाँच सय २३ शिक्षक रहेको तथ्यांक छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया