प्रधानमन्त्रीले हटाए रक्षामन्त्रीलाई, के मा घात गरे रक्षामन्त्रीले ?

नभन्नु भनेको कुरा भनिदिएपछि के हुन्छ ?

साथी भए रिसाईन्छ । आफन्त भए अर्कोपल्टदेखि गोप्य कुरा सेयर गर्न छोडिन्छ ।

पावरमा भएको मान्छेबाट यस्तो भए नि  ? बेलायती रक्षामन्त्री गभिन विलियम्सन बर्खास्तीमा परेका छन् । राष्ट्रिय सुरक्षा परिषद् बैठकको गोप्यता भंगको आरोपमा उनलाई पदमुक्त गरिएको छ । 

बेलायतको प्रधानमन्त्री कार्यालयले विलियम्सनले प्रधानमन्त्रीको विश्वास गुमाएपछि उनलाई पदबाट हटाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

विलियम्सनमाथि राष्ट्रिय सुरक्षा परिषद् बैठकमा संवेदनशील विषयमा भएको छलफलको विषय चुहाइएको आरोप लागेको छ । प्रधानमन्त्री टेरिजा मेले अध्यक्षता गरेको उक्त बैठकमा फाइभजीमा जाँदा चीनको मोबाइल तथा टेलिकम उपकरण उत्पादक हुवावेको सामग्री प्रयोग गर्नेबारे छलफल चलेको थियो । 

 
विलियम्सनमाथि राष्ट्रिय सुरक्षा परिषद् बैठकमा संवेदनशील विषयमा भएको छलफलको विषय चुहाइएको आरोप लागेको छ ।

प्रधानमन्त्री टेरिजा मेले अध्यक्षता गरेको उक्त बैठकमा फाइभजीमा जाँदा चीनको मोबाइल तथा टेलिकम उपकरण उत्पादक हुवावेको सामग्री प्रयोग गर्नेबारे छलफल चलेको थियो । 

तर विलियम्सनले आफूमाथि लगाइएका सबै अभियोग इन्कार गरेको बिबिसीले जनाएको छ । _एजेन्सीको सहयोगमा 

***

www.Lokpath.com को अनलाईन च्यानल Lokpath tv  को '' ह्यासट्याग स्माईल'' कार्यक्रमको यो श्रृङ्खला हेर्नुभयो ?  प्रिय दर्शक हामी सधै तपाईको प्रतिक्रियाको प्रतिक्षामा छौँ । 

– श्रीमान् श्रीमती मिलेर बनाए सौन्दर्यको साम्राज्य (भिडियोसहित )

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?