भूतपूर्व विद्यार्थीबाट च्वाडी माविका शिक्षकहरु सम्मानित

नुवाकोट – च्वाडी पब्लिक मा.वि. माझीटारमा अध्ययन गरि विभिन्न पेशा व्यवसायमा सकृय रहेका भूतपूर्व विद्यार्थीहरुकाे वार्षिक भेटघाट कार्यक्रम  देवीघाट, नुवाकोटमा सम्पन्न भएको छ।

 भेटघाट कार्यक्रममा च्वाडी मा.वि.का शिक्षकहरु लव बहादुर डंगोल, राम प्रसाद जाेशी, शिव कुमार मिश्र निर्मल के.सी. र राजु श्रेष्ठलाई सम्मान गरिएको थियाे।

उक्त कार्यक्रममा देवीघाट जेष्ठ नागरिक संरक्षण प्रतिष्ठानकाे लागि रु. ११ हजार बराबरको खाद्य सामाग्री समेत हस्तान्तरण गरिएको थियो। जेहन्दार एवं गरिव असहाय विद्यार्थीहरुकाे लागि छात्रवृत्ति र सामाजिक सेवाकाे कार्यक्रम संचालन गर्ने उदेश्य ले "च्वाडी पब्लिक पूर्व विद्यार्थी समाज २०४८" नामक संस्था दर्ता गरिएको जानकारी संस्थाका अध्यक्ष शिव प्रसाद अाचार्यले दिए।

कार्यक्रममा पूर्व विद्यार्थीहरु शम्भु नेपाल, राजेन्द्र थपलिया, प्रकाश अधिकारी, लिला देवी गजुरेल ले अाफ्नाे बाल्यकालकाे सम्मरण सहित मन्तव्य  राख्दै सामाजिक सेवामा विद्यार्थीहरुकाे भूमिकाकाे बारेमा प्रकाश पारे।
 कार्यक्रममा देवीघाट बृद्धाश्रमका अध्यक्ष बिष्णु नेपालले समाज परिवर्तनकाे लागि युवा विद्यार्थीहरुकाे गहन भूमिका रहने बताए।
च्वाडी मा.वि. का तत्कालीन प्रधानध्यापक लव बहादुर डंगोलले  अाफूले अक्षर सिकाएको विद्यार्थीहरुबाट सम्मानित हुन पाउँदा खुशी भएकाे कुरा बताए। गत सालबाट अक्षयकोष निर्माणका लागि शुरु गरिएको अभियानमा अहिलेसम्म  रु. ५,१५,७०५/- जम्मा गर्न सफल भएकाे र २०७७ साल देखि अक्षयकोषबाट प्राप्त प्रतिफलबाट असहाय तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने र केही रकम सामाजिक सेवामा खर्च गरिने जानकारी संस्थाका सचिव अनुज कुमार श्रेष्ठले बताए।
 अक्षयकोषमा अागामी वर्ष सम्म रु. दस लाख पुर्‍याउने याेजना रहेकोले च्वाडी मा. वि. मा अध्ययन गरेका भुतपुर्व विद्यार्थीहरु तथा सम्पूर्ण नागरिक समाजलाई सहयोग गर्न र सहभागी हुन सचिव श्रेष्ठले अाह्वान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?