नागरिकता विवादमा अभिनेता अक्षय कुमार

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारको नागरिकतालाई लिएर पछिल्लो समय कयैन प्रश्न उठिरहेको थियो । 

भारतमा जारी संसदीय निर्वाचनमा मदतान नगरेपछि यो उनीमाथि प्रश्न उठ्न थालेका थिए ।  

हालै पत्रकारले लोक–सभा निर्वाचनमा मतदान नगर्नुको कारण सोध्द अक्षय कुमार जवाफ पन्छाउन खोजिरहेका देखिन्छन् । सो सम्बादको भिडियो हाल भारतीय समाजिक संजाल प्रयोगकर्तामाझ व्यापक ट्रोल भइरहेको छ । 

मतदान नगर्नुको कारणमा विवाद बढ्दै गएपछि बलिउड अभिनेता रहेका अक्षय कुमारले स्पष्टिकरणजस्तो ट्वीट गरेका छन् ।  

ट्वीटमा अक्षय कुमारले लेखेका छन् ,“मेरो नागरिकतामाथि यति धेरै रुचि लिदैं नकारात्मकता किन फैलाईंदैछ भनेर मलाई थाहा छैन । मसँग क्यानडाको पासपोर्ट छ भनेर मैले कहिले लुकाइन ।”

अक्षयले थप लेखेका छन् ,“ तर फेरी विगत ७ वर्षमा म क्यानडा नगएको पनि साँचो हो । म भारतमा काम गर्छु र म भारतमै कर तिर्छु । यी वर्षहरुमा मैले कहिले पनि भारतप्रतिको मेरो प्रेमलाई प्रमाणित गर्नु परेको थिएन । मेरो नागरिकताको मुद्धालाई अनावश्यक विवादमा तानिदाँ मलाई नराम्रो लागेको छ ।”

केही दिन पहिले अक्षय कुमारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ६७ मिनेट लामो अन्तरवार्ता लिएका थिए । निर्वाचनको अवधिमा चुनावी प्रचार हुने खालको कुनै राजनीतिक अन्तरवार्ता दिन नपाउने आचारसंहिता भए पनि मोदी र अक्षर गैर–राजनीकि विषयमा कुरा गरेको भन्दै गफिएका थिए ।   

उक्त अन्तरवार्तालाई लिएर भारतीय समाजिक संजाल प्रयोगकर्तामा पक्ष विपक्षमा वहस भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?