नौ महिनामा १२ हजार पर्यटकले घुमे लाङटाङ

 हिमाली गन्तव्य लाङटाङ निकुञ्‍ज घुम्ने पर्यटकको संख्या बढेको छ।

काठमाडौबाट यातायातको दूरीमा समेत नजिक रहेको रसुवाको प्रसिद्ध लाङटाङ निकुञ्ज भ्रमण गर्न आउने विदेशी पर्यटक चालु आर्थिक वर्ष २०७५र०७६ मा बढेका छन्।

चालु आर्थिक वर्षको बेतेको नौ महिनामा स्वदेशी तथा विदेशी गरी १२ हजार पर्यटकले लाङटाङ राष्ट्रिय निकुञ्जको भ्रमण गरेको तथ्यांकले सो को पुष्टि गर्छ ।

नुवाकोट, रसुवा र सिन्धुपाल्चोक तीन जिल्ला फैलिएको निकुञ्ज भित्र रहेका प्राकृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकनका लागि १२ हजार २ सय ६४ पर्यटक पुगेका छन् । 

जसमध्ये ३ हजार ३७ नेपाली, ९ हजार ४५ विदेशी र ३ हजार ९ सय ६ सार्क राष्ट्रका पर्यटक रहेको निकुञ्ज कार्यालयले जनाएको छ।

निकुञ्ज आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्न पुग्ने गरेका छन्।  लाङटाङ निकुञ्ज काठमाडौदेखि एक दिनको यातायातको यात्रा गरेपछि पुगिन्छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?