सुनको मूल्यमा वृद्धि

काठमाडौं । बुधवार सुनको भाउ बढेको छ । मंगलवार तोलामा ५९ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको भाउ बुधवार बढेर ५९ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै बुधबार तेजावी सुनको भाउ ५९ हजार ४ सयमा कारोबार भइरहेको । 

चाँदी पनि बुधवार बढेको छ । चाँदी रु ५ ले बढेर तोलामा ७ सय २५ मा कारोबार भइरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?