मेगा बैंकको खुद नाफा १ सय ३१ प्रतिशतले बढ्यो

काठमाडौं । मेगा बैंकले १३१ दशमलब ३३ प्रतिशत नाफा कमाएको छ । 

बैंकले आज ‘बुधवार’ वित्तीय विवरण सार्वजनिक गर्दै उक्त नाफा आर्जन गरेको जनाएको हो । एनएफआरएस प्रतिवेदन अनुसार सार्वजनिक बैंकको विवरणमा व्यवसाय विस्तारबाट ब्याज आम्दानी बढ्दा नाफामा उच्च सुधार देखिएको हो ।

बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार नाफा गत आवको चैत मसान्तको तुलनामा १३१ दशमलब ३३ प्रतिशतको सुधार भएको हो । बैंकले यस अवधिसम्ममा एक अर्ब २१ करोड ४२ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा ५२ करोड ४२ लाख ४ हजार रुपैयाँ थियो। समीक्षा अवधिमा बैंकको नाफा ६८ करोड ९३ लाख ७९ हजार रुपैयाँले बढेको हो ।

टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर पश्चात बैंकको प्रगतिमा सुधार हुँदै आइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?