पुलिस क्लब उपाधि नजिक

काठमाडौं । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब जारी पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा आज ‘बुधवार’ भएको पहिलो सेमिफाइनल खेलमा पुलिस क्लबले गण्डकी प्रदेशलाई ३-० को सेटमा पराजित गर्दै अन्तिम दुईमा प्रवेश गरेको हो । 

पुलिस क्लबले गण्डकीलाई २५-१५, २६-२४ र २५-१७ को सेटमा पराजित गर्यो । पुलिसलाई जित दिलाउन उत्कृष्ट प्रदर्शन गरेका विशाल विक म्यान अफ दि म्याच चुनिए । 

अब पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरीको एपीएफ क्लबबीचको विजेता प्रतिस्पर्धा गर्नेछ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?