प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री  पोखरेललाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा रहेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हाल्ने भएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री पोखरेललाई उक्त जिम्मेवारी तोकेकी हुन् । 

राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार प्रधानमन्त्रीको सिफारिशमा संविधानबमोजिम रक्षामन्त्री पोखरेललाई उक्त जिम्मेवारी तोकिएको हो ।

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?