तनाव नहोस् भनेर सारे ऋतिकले चलचित्रको रिलज डेट

एजेन्सी । एक समय प्रेम सम्बन्धमा रहेका बलिउड अभिनेता ऋतिक रोशन र अभिनेत्री कंगना रनावत बीच फेरि चर्का चर्किको माहोल जम्ने छ भनेर धेरैले अनुमान गरिरहेका छन्। कारण हो, दुवैको एकै मितिमा प्रदर्शनमा आउन लागेको चलचित्र ।

कंगना अभिनीत ‘मेन्टल कै क्या’ र ऋतिक अभिनीत ‘सुपर ३०’ एकै मिति अर्थात् जुलाई २६ मा रलिज हुने भएपछि उनीहरुको विवाद के होला भन्ने कुराले चर्चा पाईरहेको बेला ऋतिकले त्यो मितिमा चलचित्र रिलिज नगर्ने घोषणा गरेका छन् । 

ऋतिकले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ–‘मेरो चलचित्र रिलिजका लागि तयार छ । तर, यो भिडन्तमा देखिएको मानसिक र निजी तनावबाट बच्नका लागि म मेरा निर्माता–निर्देशकलाई चलचित्रको रिलिज डेट पछि सार्न आग्रह गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?