तीन दिन मौसममा बदली : देशका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा

काठमाडौं । देशका अधिकांश स्थानमा तीन दिन हावाहुरी र चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज (शनिवाार)देखि सोमवारसम्म देशका अधिकांश स्थानमा सामान्य बदली रही वर्षा हुने महाशाखाले जनाएको हो । 

भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अब मौसम बदली हुने मौसमविद विभूति पोखरेलले जनाए । 

उनले भनिन्, ‘केही स्थानमा ठूलो पानी र केही स्थानमा असिनासमेत पर्ने सम्भावना छ ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?