प्रदेश राजधानीको निर्णय गर्ने अधिकार जनतालाई : ओनसरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ का अध्यक्ष ओनसरी घर्तीले पार्टीको एकलौटी निर्णयमा प्रदेशको राजधानी घोषणा हुन नसक्ने बताएका छन् । 

पूर्वसभामुख समेत रहेकी घर्तीले प्रदेश राजधानीको निर्णायक अधिकार जनतामै रहेको स्पष्ट पार्दै उनले प्रदेशका जनता र सबै दलको सुझावका आधारमा राजधानी र नामकरणको टुङ्गो लगाउने बताएका हुन् । 

रिपोटर्स क्लब नेपाल प्रदेश नं ५ ले आज (आइतवा) बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रदेशसभाका सदस्यले जनताको राय लिएर मात्रै राजधानीको टुङ्गो लगाउने धारणा राखे । मुलुक नयाँ संरचनाको अभ्यासमा रहेकाले प्रदेश राजधानीको टुङ्गो लाग्न समय लागेको उनको भनाइ थियो ।

अध्यक्ष घर्तीले नेपालको साधनस्रोतमा नेपाली जनतालाई मालिक बनाउने प्रयासस्वरुप सरकारले नीति कार्यक्रम सार्वजनिक गरेको बताए ।  उनले पार्टीभित्र कुनै समस्या नरहे पनि शान्ति र स्थायित्व नचाहनेले  अनावश्यक हल्ला चलाउने गरेको तर्क गरे ।

सरकारले ल्याएको मिडिया विधेयकबारे पत्रकारले राखेको जिज्ञासामा उनले मिडियामाथि अङ्कुश लगाउने सरकारको नियत नभएको बताए । उनले पत्रकारले स्वतन्त्रपूर्वक काम गर्न पाउनुपर्ने भन्दै विधेयक त्रुटीपूर्ण भए सच्याएर जान सकिने समेत बताएका छन् । 

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 33 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?