जोकोभिचलाई म्याड्रिड ओपन टेनिसको उपाधि

एजेन्सी । सर्बियाली नोभाक जोकोभिचले म्याड्रिड ओपन टेनिस च्याम्पियनसिपको उपाधि जितेका छन् । 

आइतवार राति सम्पन्न भएको पुरुष एकलतर्फको फाइनल खेलमा जोकोभिचले ग्रिसका स्टेफानोस सित्सिपासलाई २-० को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेका हुन् । उनले सित्सिपासलाई खेलको पहिलो सेटमा ६-३ र दोस्रो सेटमा ६-४ को सेटमा पराजित गरे ।

जोकोभिचले यो प्रतियोगिताको उपाधि जितेको यो तेस्रो पटक हो । ३१ वर्षिय जोकोभिचले सित्सिपासलाई पराजित गर्न एक घण्टा ३२ मिनेट समय कोर्ट खर्चेका थिए ।

म्याड्रिड ओपन टेनिसको उपाधिसँगै जोकोभिचले ३३ औँ मास्टर्सको उपाधि हात पारे । त्यस्तै उनले आफ्नो खेल जीवनको एक हजारौँ उपाधि पनि जितेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?