एभिन्यूजका पत्रकार पाण्डेलाई कसले दियो ज्यान मार्ने धम्की ?

काठमाडौं । एभिन्यूजका पत्रकार सुशील पाण्डेलाई ज्यान मार्ने धम्की आएको छ ।

एभिन्युज खबर टेलिभिजनमा प्रसारित कार्यक्रम ‘सकस राजनीति’ कार्यक्रमका सञ्चालक पाण्डेलाई ज्यान मार्ने धम्की आएको हो ।

समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग ‘सकस राजनीति’ कार्यक्रममा विवाद भएपछि उनलाई ज्यान मार्ने धम्की आएको हो । 

यसैबीच एभिन्यूज खबर टेलिभिजनको वीरगञ्जस्थित ब्यूरो कार्यालयमा समेत समाजवादी पार्टी नेपालका कार्यकर्ताले तोडफोड गरेका छन् । 

सोही अन्तर्वार्ताको विषय पेचिलो बन्दै गएपछि पत्रकार पाण्डेमाथि ज्यान मार्ने धम्की आएको हो ।

उनले भने, ‘आफूलाई समाजवादी पार्टीका कार्यकर्ता भन्दै नेपाल टेलिकमको पोस्टपेड नम्बरबाट ज्यानमार्ने धम्की आएको हो ।’

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 31 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?