सिभिल बैंकको नाफा ४७ प्रतिशतले वृद्धि

काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४९ करोड ३८ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । 

बैंकले गत आर्थिक वर्षको तुलनामा ४७ प्रतिशतले बढीले नाफा कमाएको हो । बैंकको गत आर्थिक वर्षको यहि अवधिमा ३३ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २२ करोड ३० लाख छ ।

सिभिल बैंकले ९ महिनाको अवधिमा ७६ करोड ५७ लाख सञ्चालन नाफा समेत कमाएको छ । ३९ अर्ब ९२ करोड निक्षेप संकलन गरी ४१ अर्ब ४१ करोड कर्जा परिचालन गरेको बैंकले १ अर्ब ५७ करोड खुद ब्याज आम्दानी गरेको हो ।  

बैंकको आठ अर्ब बढी चुक्ता पूँजी रहेको छ भने जगेडा कोषमा १ अर्ब ६३ करोड छ ।

बैंककोे ३ दशमलब ७४ प्रतिशतमा रहेको खराब कर्जाको अनुपात बढेर ३ दशमलब ९६ प्रतिशत पुगेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?