देवः विकास बैंकको नाफा २६ प्रतिशतले वृद्धि

काठमाडौं । देवः विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २५ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

विकास बैंकले गत आर्थिक वर्षको तुलनामा २६ दशमलब १४ प्रतिशत बढी नाफा आर्जन गरेको हो । बैंकले गत वर्षको यसै अवधिमा २० करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो । 

बैंकको चुक्ता पूँजी दुई अर्ब ५३ करोड ३६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७३ करोड ३२ लाख रुपैयाँ सञ्चित छ । चैत मसान्तसम्म १७ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १६ अर्ब ९४ करोड ९९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यस अवधिमा बैंकले ६१ करोड ५८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात १ दशमलब ६६ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ४३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १ सय २८ रुपैयाँ रहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?