सात वर्षीया बालिकालाई बलात्कार गरेर फरार रहेका खरेल पक्राउ

काठमाडौं । बालिका बलात्कार गरेर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

७ वर्षीया बालिका बलात्कार गरेर फरार रहेका भवन भन्ने राजु खरेललाई प्रहरीले पक्राउ गरेको हो । 

काठमाडौंको सिनामंगलमा ७ वषीृया बालिकालाई बलात्कार गरेको अभियोगमा महानगरीय अपराध महाशाखाको समन्वयमा कञ्चनपुर प्रहरीले खरेललाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?