मेरो खेल खेल्ने गुणस्तरमा कुनै दुविधा छैन : मिडफिल्डर महरेज

एजेन्सी । इंग्लिस प्रिमियल लिग च्याम्पियन म्यान्चेस्टर सिटीका खेलाडी रियाद महरेजले आफ्नो खेल खेल्ने शैली उत्कृष्ट रहेको बताएका छन् । 

मिडफिल्डर महरेजले खेल खेल्ने आफ्नो क्षमतामा कुनै शंका नरहेको पनि जानकारी दिए । सिटीलाई यो सिजनको प्रिमियर लिगको उपाधि दिलाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका उनले आफु आत्मविश्वासी र लगनशिल भएकै कारण उत्कृष्ट खेलाडीहरुको सुचीमा आफुलाई उभ्याउन सफल भएको समेत बताए । 

उनले भने, ‘ म आफैलाई विश्वास गर्ने व्यक्ति हुँ, मलाई मेरो खेल खेल्ने गुणस्तरमा कुनै दुविधा पनि छैन ।’ 

उनले आइतवार भएको लिगको अन्तिम खेलमा गोल समेत गरेका थिए । उक्त खेलमा ब्राइटनलाई ४-१ गोल अन्तरले पराजित गरेको थियो । लेस्टर सिटीबाट ६० मिलियनमा म्यान्चेस्टर सिटीमा आवद्ध भएका २८ वर्षिय महरेजले यो सिजनमा १२ गोल गरेका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?