९ महिनामा ९ समूहबाट २६ जिल्लामा अनुगमन

काठमाडौं । महान्यायाधीवक्ता अग्नी खरेलले मुलुकी संहिता आएको ९ महिनाभित्र अपराध अनुसन्धान र अभियोजनको बारेमा ९ वटा समूह बनाएर २६ जिल्लामा महान्यायाधीवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयले अनुसन्धान तथा अभियोजनको अवस्था अनुगमन गरेको जानकारी दिए । 

अनुगमनको क्रममा कार्यसम्पादनमा सुधार ल्याउन मार्गनिर्देशन गरिनुका साथै महान्यायाधीवक्ताको कार्यालयले कार्यालय अनुगमन तथा अभियोगन परीक्षक निर्देशिका समेत तयारी गरी सोही अनुसार अनुगमन गर्न थालिएको जानकारी दिए । 

विगत ५ वर्षको अवधिमा सरकारी वकिलको कार्यबोझमा ६५ प्रतिशतले वृद्धि भएको पनि खरेलले जानकारी दिए । 

हाल कार्यालय र मातहतका कार्यालयमा सरकारी वकिल ४ सय ४० सहित १५ सय ४ जनाको दरबन्दी रहेको छ । कार्य बोझअनुसारको दरबन्दी कायम गर्नका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण भइरहेको खरेलले जानकारी दिए । 

हाल १ सय २७ जना सरकारी वकिलसहित २ सय ४५ दरबन्दी आवश्यक गर्ने प्रारम्भिक अनुमान समेत गरिएको छ ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 34 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?