कार्टुन नेटवर्कको वेबसाइटबाट अश्लील भिडियो प्रसारण

एजेन्सी । बालबालिकाको रोजाइमा पर्ने कार्टुन नेटवर्कका वेबसाइटहरु भटाभट ह्याक हुन थालेपछि विश्वका १६ देशमा ठूलै विवाद मच्चिएको छ ।

ब्राजिलका दुई हयाकरले कार्टुन नेटवर्कका वेबसाइटहरु ह्याक गरेर पोर्न भिडियो अप्लोड गरेपछि यस्तो हंगामा मच्चिएको हो ।

ह्याकरले जर्मनी, अफ्रिका, अरब, ब्राजिल, डेनमार्क, मेक्सिको, चेक गणतन्त्र, हंगेरी, इटाली,  नेदरल्याण्ड, नर्वे, पोल्याण्ड, रोमानिया, रुस तथा टर्कीका कार्टुन वेबसाइट ह्याक गरेका थिए । बेलायत र रुसमा एक हप्ताभरि नै वेबसाइट ह्याक भएको थियो ।

ह्याकरहरुले नग्न नृत्य गरेको अश्लील भिडियोहरु अप्लोड गरेपछि कार्टुन नेटवर्कले वेबसाइट बन्द गरी नयाँ ‘भर्सन’ अप्लोड गरेको थियो ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 34 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?