अमेरिकामा पनि एक करोडसम्म जरिवाना हुन्छ : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार प्रेसप्रति पूर्वाग्राही नभएको बताएका छन् । 

 नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको फाइवर टु द होम सेवाको उद्घाटन गर्दै मन्त्री बास्कोटाले प्रायोजित आन्दोलनको कुनै ओखती नहुने बताए । 

मिडिया काउन्सिल विधेयकलाई लिएर नेपाल पत्रकार महासंघले आन्दोलन गरिरहेको प्रसंगमा मन्त्री बास्कोटाले विधेयक ल्याउँदा विदेशी र स्वदेशी प्रचलनसमेत हेरिएको भन्दै प्रेसका नाममा छाडातन्त्र स्वतन्त्रता नभएको जिकीर गरे ।

अमेरिकामा पनि एक करोडसम्मको जरिवाना हुने गरेको छ भन्दै उनले आतङ्कवादलाई संरक्षण गर्दै लेखेमा मृत्युदण्ड समेत दिइने गरेको बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?