पपुवा न्यूगिनीमा शक्तिशाली भूकम्प

पपुवा न्यूगिनीको सामुद्रिक क्षेत्रमा मङ्गलबार ७।५ म्याग्निच्युडको शक्तिशाली भुकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्र यूएसजीएसले जनाएको छ ।

भूकम्पपछि उक्त क्षेत्रमा खतरनाक सुनामीका तरङ्ग उत्पन्न हुनसक्ने प्यासिफिक सुनामी वार्निङ सेन्टरले चेतावनी दिएको छ ।

 भूकम्पको केन्द्रविन्दु पपुवा न्यूगिनीको उत्तरपूर्वी कोकोपो टापूमा पृथ्वीको सतहदेखि ४४ किलोमिटरको गहिराइमा रहेको युएसजीएसले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?