जनप्रतिनिधिकै अगुवाइमा गाउँनिकाला : १० जनाविरुद्ध किटानी जाहेरी

वीरगन्ज-जनप्रतिनिधिकै अगुवाइमा गाउँनिकालामा परेको बारा सुवर्ण गाउँपालिका–६ धरमपुरका ओमप्रकाश यादव (अवधेश)को परिवारले १० जनाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा किटानी जाहेरी दिएको छ ।
पति अनुठा यादवको दाहसंस्कार र काजकिरिया हिन्दूधर्मअनुसार नगरेको आरोपमा गाउँनिकाला भएको नौ दिनपछि मंगलबार बिन्दा अहिरिनले उजुरी दिएकी हुन् ।

गाउँनिकालाको नेतृत्व गर्ने वडासदस्य जिमिलाल यादव र पूर्वगाविस उपाध्यक्ष विद्यानन्दप्रसाद यादवसहित पूर्ववडा सदस्यहरू हृदयनारायण राउत अहिर र रामधार राउत अहिरविरुद्ध किटानी जाहेरी परेको छ । यस्तै, मोछीप्रसाद यादव, गणेशप्रसाद यादव, वैजनाथ गिरी र देवेन्द्र यादवविरुद्ध पनि किटानी जाहेरी परेको बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुरारी कार्कीले बताए । उनीहरू स्थानीय अगुवा हुन् । उजुरी परेका श्रीनिवासप्रसाद बरई नेपाल सरकारका पूर्वकर्मचारी हुन् भने भरोसी राउत अहिर जातीय महाजन (जातको अगुवा) हुन् । नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?