विप्लव समूहका कार्यकर्ता पक्राउ

जाजरकोट । जाजरकोटबाट प्रतिनब्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । 

जाजरकोट छेडागाड नगरपालिकाको वडा नं १२ कार्कीगाउँबाट विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा छेडागाड इञ्चार्जसमेत रहेका कैलाश पुनलाई प्रहरीले मंगलवार राति पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको विप्लव समूहका जाजरकोट इन्चार्ज प्रेमप्रकाश ओलीले जानकारी दिए ।

पुनले विप्लव समूहका कार्यकर्तालाई विभिन्न ठाउँमा पु¥याउन र ल्याउन सक्रिय भूमिका खेलेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?