तेस्रो एक दिवसीय क्रिकेटमा इंग्ल्याण्ड विजयी, पाकिस्तान स्तब्ध (फोटोसहित)

एजेन्सी । पाकिस्तानविरुद्धको तेस्रो एक दिवसीय क्रिकेटमा इंग्ल्याण्ड विजयी भएको छ । 

मंगलवार राति सम्पन्न भएको खेलमा इंग्ल्याण्डले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । ३ सय ५९ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको इंग्ल्याण्डले मात्र ४ विकेट गुमाउँदै ३१ बल अगावै पुरा ग-यो ।

इंग्ल्याण्डका लागि जोनी बेयरस्टोले शतकिय पारी खेले । उनले १ सय २८ रनको योगदान दिएका थिए । त्यस्तै जासन रोयले ७६ रन, जोए रुटले ४३ रन तथा वेन स्टोक्सले ३७ रन बनाए । मोइन अलीले ४६ रन तथा इयान मोर्गान १७ रन जोडे ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ५८ रनको योगफल तयार पारेको थियो । पाकिस्तानका लागि उमाम उल हकले १ सय ५१ रनको शतकिय पारी खेलेपनि टोलीलाई जित भने दिलाउन सकेनन् ।

त्यस्तै आसिफ अलीले ५२ रन तथा हरिस सोहिलले ४१ रन जोडे । यता इंग्ल्याण्डका  क्रिस वक्सले सर्वाधिक ४ विकेट तथा टम कुरानले २ विकेट लिए । यो जितपछि इंग्ल्याण्डले पाँच एक दिवसीय क्रिकेट सिरिजमा २-० को अग्रता लिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?