प्रधानमन्त्री ओली आज स्वर्देश फर्कंदै

काठमाडौं । भियतनाम र कम्बोडियाको ६ दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधवार) स्वदेश फर्कंदै छन् । 

प्रधानमन्त्री ओली गत वैशाख २६ गते भियतनाम र कम्बोडियाक भ्रमणमा गएका थिए । 

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आज साँझ ६ः३० बजे कम्बोडियाबाट काठमाडौं ओर्लनेछ । 

भियतनामको चार दिने भ्रमण पूरा गरेर प्रधानमन्त्री ओली सोमवार कम्बोडिया गएका थिए । 

दुवै मुलुकमा प्रधानमन्त्री तहबाट भएको यो पहिलो औपचारिक भ्रमण हो ।

सम्बन्ध विस्तार, आर्थिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक हिसाबले भ्रमण अन्त्यन्तै सफल भएको बताउँदै प्रधानमन्त्री ओलीले नेपाली उत्पादनको निर्यातका लागि आफ्नो भ्रमणले आधार तयार पारेको दाबी गरे । 

प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा भियतनाम र नेपालबीच सिधा हवाई सेवा शुरु गर्ने सहमति भएको छ । 

यसैगरी भ्रमण वर्ष २०२० सफल बनाउन भियतनामले लुम्बिनीमा पर्यटक पठाउने प्रतिवद्धता समेत जनाएको थियो ।

साथै कम्बोडिया र नेपालबीच पर्यटन प्रवद्र्धन र व्यापार विस्तार गर्नेबारे सहमति भएको छ । 

प्रधानमन्त्री ओलीको कम्बोडिया भ्रमणका क्रममा पर्यटन प्रवर्द्धन र व्यापार विस्तार गर्नेबारे सहमति भएको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?