इटालियन ओपन टेनिस : सेरेना र वज्यियास्कीले वाकओभर दिएपछि….

एजेन्सी । अमेरिकी सेरना विलियम्सले जारी इटालियन ओपन टेनिस प्रतियोगिता त्यागेकी छिन् । 

२३ पटककी ग्राण्डस्लाम च्याम्पियन सेरेनाले घुडाको चोटका कारण उक्त प्रतियोगिता त्यागेकी बताइन् । उनले दोस्रो चरणको खेलमा आफ्नै दिदी भेनस विलियम्सको सामना गर्दै थिइन् । 

उनले यो प्रतियोगिता बिचैमा त्याग्नु परेको दुख लागेको समते बताइन् । साथै सेरेनाले आउँदो फ्रेन्च ओपन टेनिस प्रतियोगितामा भने उत्कृष्ट खेल्ने योजना रहेको जानकारी दिइन ।

घुडाको चोटका कारण उनले यो खेलमा सोचेअनुरुप प्रर्दशन गर्न सकेकी थिइनन् । ३७ वर्षिया सेरेनाले अर्को वर्ष हुने फ्रेन्च ओपन र इटालियन ओपन टेनिसमा पनि देख्न सकिने जानकारी दिइन । सेरेनाले यो सिजनमा मात्र आठ म्याच मात्र खेल्न सकेकी छिन् । 

यता पूर्व विश्व नम्बर एक डेनमार्ककी क्यारोलिन वज्नियास्की पनि घाइते भएपनि प्रतियोगिता त्यागेकी छिन् ।

वज्नियास्कीले अमेरिकी खेलाडी डानिल्ले कोलिन्सको सामना गर्दै थिइन् । खेलको पहिलो सेट ७-६ ले गुमाएकी वज्नियास्की दोस्रो सेटको खेलका दौराना घाइते भएकी थिइन् । उनको खुट्टामा समस्या आएपछि खेल त्यागेकी थिइन् ।

यता कोलिन्स भने दोस्रो चरणमा प्रवेश गरेकी छिन् । अब अघिल्लो चरण प्रवेशको लागि कोलिन्सले दुई पटककी ग्राण्डस्लाम च्याम्पियन स्पेनकी गार्बिन मुगुरुजाको सामना गर्नेछिन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?