कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (बुधवार) बस्दैछ । 

काठमाडौंको सिंहदरवारस्थित कांग्रेस संसदीय दल कार्यालयमा केही बेरमा बैठक शुरु हुँदैछ । 

बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेटबारे छलफल हुनेछ ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्र भएको र जनअपेक्षा अनुसार नआएको भन्दै कांग्रेसले विरोध जनाउँदै आएको छ ।

यनै विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको कांग्रेस सचेतक पुष्पा भुषालले बताइन् । साथै मुलुकको समसामायीक विषयका साथै संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकमाथि समेत छलफल हुने उनले बताइन् । 

उता कांग्रेसले संविधान विपरीतका प्रावधान समेटिएका विधेयक फिर्ता नलिए संसदमा त्यसविरुद्ध कडा प्रतिरोध गर्ने कांग्रेसको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?