बुधबार १९ मङ्सिर, २०७५ Saturday, 25 May, 2019

नेपाली फूटबलका सुपरस्टार किरण चेम्जोङ, यसरी बने नम्बर वान गोल किपर

आमाको खुसीको लागि यतिसम्म गर्छन् किरण

काठमाडौं । ‘गोलकिपर हुनु साह्रै गाह्रो काम,’ नेपालका नम्बर वान गोलकिपर किरण चेम्जोङले घामले तिरमिराएको आँखालाई हातले छानो लगाउँदै भने । 

‘किन त्यस्तो ?’ करिब १ दशक राष्ट्रिय फुटबल टिमको गोलकिपर रहिसकेका उनले त्यस्तो अभिव्यक्ति दिएपछि लोकपथ डटकमले राखेको प्रश्न हो यो ।  


ADVERTISEMENT

‘टिमले जित्यो भने सबै जस स्ट्राइकरले पाउने, हा-यो भने सबै दोष गोलकिपरले,’ उनको उत्तर साँच्चै सरल र घतलाग्दो थियो ।

आफ्नो १ दशक लामो यात्रामा हजारौं गोल रोकेका किरणले ‘नरोकेका गोल’का कारण धेरैपटक आलोचना खेपेका छन् । यद्यपि, आफ्नो प्रयासलाई बुझ्ने दर्शकहरुको मायाले नै आफूलाई अहिलेसम्म यस क्षेत्रमा बाँधेर राखेको बताउँछन् किरण । ‘फूल टिप्न जाने मान्छे काँडासँग डराएर हुन्न,’ किरण अगाडि थप्छन्, ‘ताली पाउनलाई अलिअलि गाली खानैप-यो नि हैन ?’

२९ वर्षीय किरणले ११ वर्षको उमेरदेखि नै फुटबल समातेका हुन् । किरण त्यसवेला जन्मिए जब मोबाइल, इन्टरनेटजस्ता  माध्यमबाट धेरै टाढा थिए मानिसहरु । साक्षात्कार गर्न पनि निकै मुस्किल । टिभी पनि अलि सम्पन्न परिवारकामा मात्रै हुन्थ्यो । त्यसैले सधैं अर्काकोमा गएर टिभी हेर्नु भन्दा साथीभाई बटुलेर खेल्नु उचित लाग्थ्यो किरणलाई । 

सानै उमेर भएपनि उचाईमा आफ्नो उमेरका साथीभन्दा अग्ला थिए किरण त्यसैले उनलाई प्राय ‘किपर’ बसाइन्थ्यो । बाध्यताले ‘किपर’ बस्नुपरे पनि विस्तारै यही स्थानमा बस्न रमाइलो लाग्न थाल्यो उनलाई । 

उनको खेलको चर्चा साथीभाइमा मात्र नभएर गाउँमा, विद्यालयमा, जिल्लामा चल्न थाल्यो । विद्यालयबाट खेल्ने क्रममा नै उनलाई यू १६ को छनोटका लागि काठमाडौं बोलाइयो । त्यसताका उनी त्यस्तै १३, १४ वर्षका थिए । यू १६ मा छानिएपछिका दिन उनका लागि फलिफापै फलिफाप लिएर आए । यू १६, यू १९ हुँदै राष्ट्रिय टिमको यात्रा तय गरेका किरणले सन् २००८ देखि मच्छिन्द्र क्लबबाट खेल्न थाले । त्यसपछि थ्री स्टार, मनाङ मस्र्याङ्दी क्लब, मिनेर्भा पञ्जाब हुँदै अहिले माल्दिभ्सको टिसी स्पोर्ट्सबाट खेल्छन् ।

जुत्ता किन्ने पैसा नहुँदा गाउँका दाईहरुले दिएको जुत्ताले वर्षौं कटाएको अझै याद छ किरणलाई । धुजाधुजा भएको त्यस जुत्तालाई ‘सपना’को सियोमा ‘आशा’को धागो हालेर सिउँथे उनी । अहिले उनी त्यस्ता सय जोडी जुत्ता किन्न सक्ने भएका छन् । तर, त्यो दिन नहुँदो हो त यो दिन देख्न सक्ने थिइन भनेर पनि राम्ररी बुझेको बताउँछन् किरण । 

सन् २०१६ मा पहिलो पटक एसियाली फुटबल संघले आयोजना गरेको एएफसी कपमा किरणकै महत्वपूर्ण भूमिकामा नेपाल विजयी भएको थियो । सन् २०१८ को ओलम्पिक छनोटमा पनि किरणले जापानविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । राष्ट्रिय स्तरबाट मात्र नभएर अन्तर्राष्ट्रिय स्तरबाट समेत धेरथोर प्रशंसा बटुल्न सफल किरणलाई सन् २०१८ मा माल्दिभ्स फुटबल संघले माल्दिभ्सको उत्कृष्ट गोलकिपरका रुपमा पुरस्कृत गरेको थियो । 

जे होस् यू १६ को छनोटका लागि काठमाडौं आएपछि आफूले कहिल्यै फर्केर हेर्नु नपरेको सुनाउँछन् उनी । 

जुत्ता किन्ने पैसा नहुँदा गाउँका दाईहरुले दिएको जुत्ताले वर्षौं कटाएको अझै याद छ किरणलाई । धुजाधुजा भएको त्यस जुत्तालाई ‘सपना’को सियोमा ‘आशा’को धागो हालेर सिउँथे उनी । अहिले उनी त्यस्ता सय जोडी जुत्ता किन्न सक्ने भएका छन् । तर, त्यो दिन नहुँदो हो त यो दिन देख्न सक्ने थिइन भनेर पनि राम्ररी बुझेको बताउँछन् किरण । 

‘म अहिले जेजस्तो छु सबै तिनै गाउँमा खेलेका ससाना बाजी र स्कुले प्रतियोगिताका कारण हो,’ पुराना दिनप्रति आभारी हुँदै उनी भन्छन्, ‘ती दिनहरु नभइदिएका भए यी दिन देख्न सक्ने थिइन शायद ।’

किरण जति सफल खेलाडी हुन् उतिकै असल छोरा । आफू ३ महिनाको छँदा बुबाले अर्कै घर बसाएपछि आमालाई कहिल्यै एक्लो महसुस हुन दिएका छैनन् किरणले । आफ्नी आमालाई ‘सुपर हिरो’ भन्छन् उनी । ‘बुबाले छोडेपछि आमाले चिया बेचेर हामीलाई पढाउनुभयो,’ भावुक हुँदै किरण भन्छन्, ‘मेरो फुटबल खेल्ने सपनामा पनि सधैं साथ दिनुभयो ।’ 

छोरालाई फुटबल खेल्ने जुत्ता किन्ने सामथ्र्य नभएकी किरणकी आमाले यू १६ को छनोटका लागि काठमाडौं आउने वेला ऋण लिएर किरणलाई सपना पूरा गर्न पठाएकी थिइन् । झोला सँगसँगै जिम्मेवारी र ऋणको बोझ बोकेर १३ वर्षीय किरण हानिएका थिए काठमाडौं । विस्तारै किरणको नाम चुलिँदै गयो र घरबाट बोकेर आएको बोझ क्रमशः हल्का लाग्न थाल्यो ।

अहिले किरणको सफलता देखेर उनका पिता पनि उनको सम्पर्कमा आउन खोज्छन् । ‘मेरो छोरा’ भन्दै अंकमाल गर्न खोज्छन् तर किरण आफ्नो सबै माया र सम्मान आफ्नी आमामा लुटाउन चाहन्छन्, तिनै आमा जसले केही नहुँदा किरणलाई अंकमाल गरेकी थिइन्, ‘जिरो’ बाट किरणलाई ‘हिरो’ बनाएकी थिइन् । 

क्लबसँग आवद्ध भएर खेल्न थालेपछि आफूले पहिलो पटक पाएको रकमले आमालाई टिभी किनिदिएको र बाँकी रहेको छिटपुट ऋण तिरिदिएको सुनाउँछन् किरण । ‘हामी अर्काकोमै गएर टिभी हेथ्र्यौं, कतिपटक त उनीहरु झर्कोसमेत मान्थे त्यसैले पहिलो कमाइले मामुको लागि टिभी किनिदिएँ,’ यसो भन्दै गर्दा किरणको आवाज गर्विलो सुनियो । उनको मुहारमा खुसीका रेखाहरु सल्बलाए । 

अहिले किरणको सफलता देखेर उनका पिता पनि उनको सम्पर्कमा आउन खोज्छन् । ‘मेरो छोरा’ भन्दै अंकमाल गर्न खोज्छन् तर किरण आफ्नो सबै माया र सम्मान आफ्नी आमामा लुटाउन चाहन्छन्, तिनै आमा जसले केही नहुँदा किरणलाई अंकमाल गरेकी थिइन्, ‘जिरो’ बाट किरणलाई ‘हिरो’ बनाएकी थिइन् । 

आमा पनि पुलकित छिन् छोराको खुसी देखेर । आफ्नो छोरा आफ्नो मात्र नभएर सारा देशको छोरा भएको देख्दा आफूले ऊ वेला झेलेका कष्टकर दिनहरु उनलाई सहज लाग्छन् शायद । किरणलाई भने अझै पनि एउटा कुराले हुटहुटी लगाइरहन्छ, एउटा अधुरो सपनाले झस्काइरहन्छ । आफ्नो कार्यकालमा कम्तीमा एक पटक साफ च्याम्पियनसिपमा नेपाललाई जिताउने लक्ष्य छ उनको ।

Leave a comment