एएफसी कप फुटबल : मनाङ र भारतको मिनर्वा पन्जाब भिड्दै

काठमाडौं । एएफसी कप फुटबल अन्तर्गत मनाङ मस्याङ्दी क्लबले भारतको मिनर्वा पन्जाबको सामना गर्दैछ । 

यि दुई टिमबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज ‘बुधवार’ दिउँसो ३ बजेपछि शुरु हुँदैछ । नेपालको ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ भारतिय लिग विजेता मिनर्वा पन्जाबलाई पराजित गर्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ ।

घरेलु मैदान र दर्शकको साथ पाएको मनाङ उच्च मनोबलका साथ जीत निकाल्ने तयारीमा रहेको छ ।  मंगलवार भएको प्रिम्याच कन्फ्रेन्समा बोल्दै मनाङका मुख्य प्रशिक्षक छिरिङ लोप्साङले ३ अंक बटुल्ने लक्ष्यका साथ मैदानमा उत्रने बताएका थिए ।

यसअघि भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा भएको पहिलो लेगको खेलमा मनाङ र मिनर्वा पन्जाबले समान २-२ गोलको बराबरी खेलेको थियो ।

दुई खेलमा जित र एकमा बराबरी खेलेको चेन्नई ७ अंकका साथ शीर्ष स्थानमा छ । एक खेलमा जित, एकमा बराबरी र एक खेलमा हार बेहोरेको अवहानी लिभिटेड ४ अंक सहित दोस्रो स्थानमा छ । तीन खेलमा तीनै बराबरी खेलको मिनर्वा तेस्रो स्थानमा र मात्र १ अंक जोडेको मनाङ समुहको अन्तिम स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?