प्रधानमन्त्री ओलीले संसदको मर्यादा ख्याल गर्न नसक्नु लज्जास्पद : कांग्रेस नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको मर्यादा समेत ख्याल गर्न नसक्नु लज्जास्पद भएको बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर १ मा आज (बुधवार) आयोजित चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता सिंहले वर्तमान सरकारका गतिविधिले संसदिय व्यवस्थामा आच पुगेको बताए । सरकार काम केहि नगरि सम्वृद्धिको नारा लगाएर मात्र बसेको सुशासन दिन नसकेको बिकास बजेट खर्च गर्न नसकेको संघियता असफल बनाउन उद्त रहेको आरोप लगाएका छन् । 

नेता सिंहले नेपाली जनतालाई अधिकार दिलाउनका लागि जस्तोसुकै मूल्य चुकाउन तयार हुने पार्टी कांग्रेस रहेको जिकिर समेत गरेका छन् ।  अहिलेको सरकारमा रहेका दलहरु मुलुकमा दोन्द मार्फत सत्तामा पुगेको उदाहरण दिँदै माओवादी, एमाले जस्तो हिंसात्मक बाटोबाट स्थापी भएको पार्टी कांग्रेस नभएको विचार व्यक्त गरेका छन् ।

आफुहरु जस्तो सुकै भएपनि जनमतको भने सम्मान गर्न नेता सिंहले बताएका छन् । नेकपाको दुईतिहाई सरकार भएको भएपनि देशले राहत नपाउने ठोकुवा गर्दै संबिधान बनाउदा कम्युनिष्टका ४ जना विद्वान प्रधानमन्त्री भएपनि संबिधान जारी नभएको कुरा ख्याल गर्न समेत आग्रह गरे ।

दुइतिहाई वा बहुमत जस्तो भएपनि संबिधानको भावना र मर्मबिपरीत अगाडी बढ्ने प्रयास गर्छ भने  कांग्रेस चुप लागेर नबस्ने भन्दै ससक्त रुपमा प्रतिबाद गरिने बताएका छन् । यति बेला सरकारका गतिविधिले चौतर्फि रुपमा निरासा छायको समेत बताउँदै जतासुकै त्रासको वातावरण छायको प्रति सजक रहन सरकारलाई आग्रह गरे ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 29 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?