उदयपुर उद्योग करोडौँको सिमेन्ट बिक्री गर्न सफल

 उदयपुर । उदयपुर सिमेन्ट उद्योगले अहिले दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्दै १२ हजार बोराभन्दा बढी सिमेन्ट दैनिक बिक्री गर्न सफल भएको उद्योग प्रशासनले जनाएको छ ।

उद्योगका निमित्ति महाप्रबन्धक साहका अनुसार अहिले उद्योगले सफलतापूर्वक दैनिक एक करोडभन्दा माथिको सिमेन्ट बिक्री गर्न सफल भइरहेको बताए ।

विगतमा सिमेन्ट उत्पादन नियमितरूपमा गर्न विद्युत् कटौती तथा लोडसेडिङको कारण असफल हुँदै आएको उद्योगले अहिले विद्युत् आपूर्ति सहज भएपछि उत्पादन क्षमता पनि फुलफेजमा गरिरहेको र अझ सिमेन्ट बिक्रीमा दिनानुदिन वृद्धि हुँदै गएको उद्योग प्रशासनले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?