भ्रष्टाचारको मुद्दा खेपिरहेका राजनारायण पाठक विशेष अदालतमा हाजिर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर भएका छन् । 

भ्रष्टाचारको मुद्दा खेपिरहेका पाठक बुधवार बिहान विशेष अदालतमा हाजिर भएका हुन् । 

पाठक अदालतमा हाजिर भएपछि अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासमा बयान भइरहेको छ ।

पाठक विरुद्ध भक्तपुरको इन्जिनियरिङ कलेजको छानबिन रोक्न ७८ लाख घुस लिएको आरोप लागेको थियो । 

उनीविरुद्ध १२ चैतमा भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 29 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?