दोलखामा १३ वर्षीया बालिका बलात्कृत

दोलखा । दोलखामा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । 

छिमेकीको घरमा भइरहेको पूजा हेर्न हिँडेकी बालिका बलात्कृत भएकी हुन् । 

बलात्कार गरेको आरोपमा भीमेश्वर नगरपालिका ४३ वर्षीय रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 

बालिकालाई पूजा घर जान नदिइ जबरजस्ती करणी गरेको आरोप उनीमाथि लगाइएको छ । 

तामाङले बालिकालाई आफ्नो घरमा लगेर बलात्कार गरेको जाहेरी किटानी गरिएको छ । 

रामबहादुरलाई मुलुकी अपराध संहिता ऐन दफा २१९को उपदफा ३ अनुसार मुद्दा चलाइएको प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले जानकारी दिए ।

मुलुकी अपराध संहिताले बालिका जबरजस्ती करणी गर्नेलाई १४ देखि १६ वर्षसम्म कैद हुनसक्ने व्यवस्था छ ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 29 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?