चलचित्र ‘८३’मा रणवीर र दीपिका एकसाथ

एजेन्सी । बलिउड स्टार रणवीर सिंह र दीपिका पादुकोण पुनः एकपटक पर्दामा देखिने भएका छन् । 

चलचित्र ‘८३’मा रणवीर र दीपिका एक साथ देखिने भएका हुन् । 

निर्देशक कबीर खानले चलचित्र ‘८३’मा दीपिकालाई पक्का गरिसकेका छन् ।

चलचित्रमा दीपिकाले रणवीरकी पत्नीको भूमिका निभाउने छिन् । 

चलचित्र ‘८३’मा क्रिकेटर कपिल देवीकी पत्नी रोमी भाटियाको भूमिका दीपिका र रणवीरलाई देख्न सकिने छ । 

रोमी एक सुन्दरी प्रतियोगिताकी ताज विजेता हुन् । सिनेमामा कपिल र रोमीको प्रेमकथाको साथमा पतिपत्नीको सम्बन्धलाई प्रस्तुत गरिनेछ । 

चलचित्रमा सन् १९८३ मा भारतले क्रिकेट विश्वकप जितेको कथामा आधारित भएको निर्देशक खानले जानकारी दिए । 

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 29 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?