एशिया कप व्हिल चियर क्रिकेटमा नेपाल भारतसँग पराजित

काठमाडौं । नेपाल जारी एशिया कप व्हिल चियर टी-ट्वान्टी क्रिकेटको पहिलो खेलमा पराजित भएको छ । 

किर्तीपुरस्थित त्रिवी क्रिकेट मैदानमा बुधवार भएको पहिलो खेलमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको हो । १ सय ४१ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको भारतले १५ दशमलब १ ओभरमा मात्र ४ विकेट गुमाउँदै पुरा ग-यो ।

भारतका लागि गौरब विश्वनाथले अविजित ५० रनको योगदान दिए । त्यस्तै प्रशुराम देशाईले १९ रन, निकुलले १६ तथा सौरभ मलिकले १४ रन बनाए  । नेपालका विपिन पौडेल, राजु कटवाल, यम बहादुर श्रेष्ठ र डम्बर मगरले समान एक-एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४० रनको योगफल तयार पारेको थियो ।   नेपालका लागि कप्तान दिगम सिंह चेम्जोङले अविजित ६६ रन, विपिन पौडेलले ३३ रन तथा रमेश खत्रीले १५ रन जोडे । 

पहिलो पटक आयोजना भएको एशिया कप व्हिल चियर  क्रिकेटमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानले सहभागिता रहेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?