लिचीको उत्पादन कम

सिरहा । सिरहामा यस वर्ष लिचीको उत्पादन कम भएकाले बजारमा लिचीको मूल्य अकासिएको छ । 

गत वर्ष ५०-६० सयकडा पाइने लिचीको मूल्य यसपटक बजारमा आउना साथ २ सय ५० सयकडामा पुगेको छ भने अन्य शहरी लिचीको मूल्य पनि निकै महँगो रहेको उपभोक्ता बताउँछन् । 

विगतभन्दा यस वर्ष लिची महँगो रहेको र सिरहाको लहानमा पर्याप्त मात्रामा भेटिने लिची यस वर्ष सीमित मात्रै भेटिने गरेकाले व्यापारी आफूखुशी ढङ्गले मूल्य लिने गरेको उपभोक्ताले गुनासोसमेत गर्न थालेका छन् ।

गत वर्षको तुलनामा यस वर्ष ३० प्रतिशत पनि लिचीको उत्पादन नभएकाले प्रारम्भमै लिचीको मूल्य चुलिएको भनाइ कृषि विकास कार्यालयको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?