फिना विश्व पौडीमा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं । नेपालका चार जना खेलाडीले १८ औँ फिना विश्व पौडी प्रतियोगिता खेल्ने भएको छ । 

दक्षिण कोरियाको ग्वाङजुमा आयोजना हुने उक्त प्रतियोगितामा नेपालका २ महिला र २ पुरुष खेलाडीले सहभागिता जनाउने पक्का भएको नेपाल पौडी संघले जनाएको छ ।

फिना विश्व पौडी प्रतियोगितामा नेपालका कीर्तिमानी खेलाडी गौरिका सिंह, सोफिया शाह, शुभम श्रेष्ठ र एलेक्सजेन्डर शाह रहेका छन् । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीहरुलाई विश्व पौडी प्रतियोगिताको लागि छनोट गरिएको हो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?