२० वर्षीया युवतीमाथि एसिड हानेर युवक फरार

काठमाडौं– एक व्यक्तिले काठमाडौंको कालोपुलमा युवतीमाथि एसिड प्रहार गरेका छन् । २० वर्षीय ती युवतीमाथि नजिककै साथीले कालोपुलमा एसिड छ्यापरे भागेको प्रहरीले बताएको छ ।
एसिड लागेर युवती चिच्याउन थालेपछि वरीपरिका स्थानीयले उद्दार गरेर अस्पताल पठाएका थिए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले युवतीको कीर्तिपुर स्थित स्कीन अस्पतालमा उपचार भइरहेको जानकारी दिँदै एसिड प्रहार गर्नेको खोजीकार्य भइरहेको जानकारी दिए ।
उनका अनुसार युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?