प्रदेशसभा बैठक : प्रदेश २ का सांसदलाई पुगेन एक करोडले !

जनकपुरधाम । प्रदेश २ का सांसदहरुले बजेट खर्च गर्न २ करोड माग गर्दै संसद बैठक अवरोध गरेका छन् । 

बुधवार सांसदलाई एक करोड दिने सहमति भएपछि प्रदेशसभा बैठक शुरु भयो । तर, प्रदेश २ का सांसदहरुले २ करोडका योजना माग्दै संसद बैठक नै अवरुद्ध गरे । 

उता प्रतिनिधिसभाका सांसदहरुले पनि आफ्नो निर्वाचन क्षेत्र लक्षित विकासको निम्ति हरेक सांसदलाई १० करोड बजेट दिनुपर्ने माग गरेका छन् । 

प्रदेशसभा बैठकमा नेकपा सांसद सुन्दरबहादुर विश्वकर्माले सांसदलाई २ करोड दिनुपर्ने माग गरे ।

‘अहिलेसम्म बजेट १० प्रतिशत पनि खर्च हुन हुन सकेको छैन’ सांसद विश्वकर्माले भने, ‘बजेट खर्च गर्न सबै सांसदलाई २ र २ करोडका दरले दिऔं ।’

बजेट खर्च गर्ने विधि र अनुगमन प्रणाली प्रष्ट नभएको भन्दै सांसदलाई बजेट दिने कार्यको कतिपयले विरोध गर्ने गरेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?