प्रधानमन्त्री कप क्रिकेट स्थगित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा नेपालय इन्टरनेसनलको सहकार्यमा हुने तेश्रो प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता स्थगित भएको छ ।

जेठ १ देखि २४ गतेसम्म हुने भनिएको प्रतियोगिता प्राविधिक कारणले जेठ ८ देखि २४ गतेसम्मलाई सारिएको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा मात्र हुने भनिएको प्रतियोगिताका खेलहरु अब टीयूसँगै मुलपानी क्रिकेट मैदानमा पनि खेलाइने प्रमुख शर्माले जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?