विश्व र्‍याफ्टिङमा नेपाल पाँचौ स्थानमा

काठमाडौं । नेपालको पुरुष टिमले १८ औँ विश्व र्‍याफ्टिङ च्याम्पियनसिपमा पाँचौ स्थान हात पारेको छ । 

नेपालले अष्ट्रेलियामा भएको१८ औँ विश्व र्‍याफ्टिङ च्याम्पियनसिपको स्प्रिन्ट स्पर्धामा पाँचौ स्थान प्राप्त गरेको हो । 

क्वीन्सल्यान्डस्थित टाली नदीमा विहीवार भएको खेलमा नेपाली टिमले निर्धारित दुरी २४७ दशमलब ७८ सेकेन्डमा पुरा गरेको थियो । विश्व र्‍याफ्टिङको स्प्रिन्टमा नेपालको यो अहिले सम्मकै उत्कृष्ट नतिजा समेत हो । 

सुरज गुरुङको कप्तानीमा रहेको यो टोलीमा शक्तिकुमार गुरुङ, पदम बहादुर गुरुङ, दीपेश गुरुङ, सविन गुरुङ र रविल मियाँले प्रतिस्पर्धा गरेका थिए ।  स्प्रिन्ट स्पर्धामा ब्राजिलले स्वर्ण पदक जित्यो । त्यस्तै जापानले रजत पदक तथा रसियाले कास्य पदक हात पा¥यो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?