लाजियोलाई कोपा इटालिया फुटबलको उपाधि

एजेन्सी ।  लाजियोले कोपा इटालिया फुटबलको उपाधि जितेको छ ।

बुधवार राति सम्पन्न भएको फाइनल खेलमा लाजियोले एटलान्टालाई २-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए ।

खेलको ८२ औँ मिनेटमा सेर्गेज मिलिनकोभिक साभिकले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । साभिकले गोल गरेको ८ मिनेटमा नै लाजियो थप एक गोल थप्यो । ९० औँ मिेनटमा जोकिन कोर्रियाले गोल गरेपछि एटलान्टा स्तब्ध बनेको थियो ।

यो उपाधिसँगै लाजियो अर्को सिजनमा शुरु हुने युरोपा लिग फुटबलको लागि छनोट समेत भएको छ । यता लिगको चौथो स्थानमा रहेको एटलान्टाको ‘युइएफए’ च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना जिवितै छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?