भाषा र संस्कृती संरक्षणमा योगदान दिँदै पूर्वमन्त्री साह

रौतहट । मैथिली भाषा संस्कृत विकास र संरक्षणका लागि नेकपाका प्रदेश २ का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले योग्दान दिँदै आएका छन् । 

पूर्वमन्त्री साहले तराई मधेशीको भौतिक विकासमा अहम योग्दान दिँदै आएका छन् । उनले पछिल्लो समय मधेशी भाषा संस्कृत विकासको लागि विभिन्न कार्यक्रम सञ्चालन समेत गर्दै आएका छन् ।  

योसँगै रौतहट जिल्लाको भौतिक विकास प्रेमीको रुपमा समेत पूर्वमन्त्री साहलाई हेरिने गरिन्छ । 

पूर्वमन्त्री साहको पहलमा २०७१ साल चैत्र महिनामा मधेशीको हरेक भाषीक, संस्कृतीक झल्कीने गरि सबै क्षेत्रको सर्जक, विद्यवान, सहत्यकार, कलाकारहरुको सहभागितामा मधेशी संस्कृतीको संरक्षण सम्बद्र्धको लागि मधेश संस्कृतीक नाच महोत्सवको आयोजन भयो ।  

गत वैशाख ३० गते रौतहटको कटहरीया नगरपालिकाको आयोजना र मधेशी संस्कृतिक प्रतिष्ठान नेपालको सह आयोजनामा माता सिताको जन्मोत्सको उपलक्ष्यमा जानकी महोत्सको आयोजना गरियो । 

आयोजनामा उपराष्ट्रपति नन्दबहादुर पुनबाट समाजको लागि विभिन्न क्षेत्रका महिलाहरुले आ आफ्नो क्षेत्रमा गरेको योगदानको कदर गर्दै करिब ४ दर्जनभन्दा बढी महिलाहरुलाई सम्मानित गरिएको थियो ।

कार्यक्रमले मधेशी समुदायमा आफ्नो भाषा संस्कृती संरक्षण गर्नुपर्ने जस्ता सन्देश जाओस् भन्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको मधेशी संस्कृतिक प्रतिष्ठान नेपालले जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?