संसदमा असंसदीय शब्द उच्चारण नगरेको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संसदमा असंसदीय शब्द उच्चारण नगरेको बताएका छन् । 

भियतनाम र कम्बोडियाको ६ दिने औपचारिक भ्रमण पूरा गरेर बुधवार साँझ स्वदेश फर्कका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सो कुरा बताएका हुन् । 

‘सभामुखज्यूले मैले कुनै गैह्र संसदीय शब्द बोले र त्यो डिलिट गर्नुपर्छ रेकर्डबाट हटाउनुपर्छ भन्न पनि भएको छैन’ प्रधानमन्त्री ओलीले भने, ‘सभामुखले त्यसैलाई संकेत गर्नु भएको हो, डिलिट गर्ने कुरामा । एउटा मैले यति भनौ संसद एउटा मर्यादित ठाउँ हो  र मर्यादा राख्नु पर्छ’

‘गणतन्त्रमाथि हमला गर्ने एउटा माध्यमको रुपमा, एउटा अस्त्रको रुपमा गणतन्त्रका उपलब्धीहरु, गणतन्त्रका सर्वोच्च संस्थाहरु माथि हमला–अनाहक, अकारण र अनुचित ढंगले भइरहेको छ । त्यो हामी बुझ्न सक्छौ’ उनले भने, ‘त्यो गणतन्त्रका विरुद्धको एउटा प्रहार हो । त्यसमा कुनै कन्फ्युजनमा हामी छैनौं ।’

प्रधानमन्त्री ओलीले नेपाली समाज अब आधुनिक, विकसित, सभ्य समाजको रुपमा विकसित हुनुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?