गाउँ नै शून्य पारेर यार्सा टिप्न लेकतिर

काठमाडौं । जिल्लाको साइपाल गाउँपालिका अधिकांश बासिन्दाहरु यार्सा टिप्न लेकतिर गएका छन । सबै गाउँले यार्सा टिप्न गएपनि साइपाल गाउँपालिकाका अधिकांश गाउँहरु शून्य भएका हुन् । 
३ महिना को यार्साको कमाईले वर्षभरी जिविकोपार्जन गर्नुपर्ने पर्ने बाध्यता भएकाले यस क्षेत्रका अधिकांस मानिसहरु सबै काम छोडेर यार्सा टिप्न लेकतिर जाने गर्दछन् । 

साइपाल गाउँपालिका मात्र नभएर जिल्लाको सुर्मा गाउँपालिका, मष्टा गाउँपालिका, तल्कोट गाउँपालिका, छबिस पाथिभेरा गाउँपालिका, दुर्गाथली गाउँपालिका लगायतका बासिन्दाहरु ३ महिना विद्यालय समेत बन्द गरेर यार्सा टिप्न लेकतिर जाने गर्दछन् । 

हिमाली भू–भाग, पाखो जमिन भएकाले उब्जनी राम्रो नहुने हुँदा सबैको बाँच्ने आधार नै यार्सा सङकलन गर्नु हो साइपाल गाउँपालिकाका दिपक बोहराले भने यार्साको सिजनमा गाउँमा सुत्केरी महिला,वृद्ध वृद्धा र स–साना हिड्डुल गर्न नसक्ने बालबालिका बाहेक गाउँका सबै मानिसहरु यार्सा सङकलन गर्न लेकतिर जान्छन् ।

अहिले लेकमा हिउँ भएको भएपनि तल्लो भागतिर यार्सा पाइन थालेपछि लेकतिर जान थालेका हुन् । वैशाख महिनाको पहिलो साताबाट लेकतिर जाने गरेका यहाँका स्थानीयहरु असार महिनाको अन्तिम तिर मात्र घर फिर्ता हुने गर्दछन् ।

दुई तिन महिना यार्सा संकलन गरेर वर्षभरी खान पुग्ने भएपछि यहाँका स्थानीयहरु सम्पूर्ण परिवारसहित यार्सा संकलन गर्न लेकतिर जाने गरेको साइपाल गाउँपालिका धुरन बोहराले बताए । समुन्द्रि सतहबाट धेरै उचाइमा गएर यार्सा टिप्नुपर्ने र पाल मुनि बसोबास गुर्नपर्ने भएकाले अधिकांश बालबालिका र वृद्धहरु चिसोका कारण बिरामी हुने गर्दछन् भने कतिपयले ज्यानै गुमाउनु परेको उनको भनाइ छ । 

जिल्लामा यार्सा टिप्न छिमेकी जिल्ला दार्चुला, बाजुरा, बैतडी, अछाम र हुम्ला जिल्लाबाट मानिसहरुको आउने गर्दछन भने यार्सागुम्बा टिप्न र ब्यापार गर्नको लागि सुर्खेत, रुकुम, रोल्पा, काठमाडौं, र चिनको तिब्बतबाट एक सिजनमा झण्डै ४० देखि ५० हजार मानिसहरु  लेकतिर आउने गरेका छन । दुर्गम हिमाली क्षेत्रका प्रायजसो विद्यालयहरु ले यार्सा सिजनमा ३ महिना विद्यालय नै बन्द गर्ने गरेका छन ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 18 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?