कञ्चनजंघा आरोहणका क्रममा दुई भारतीयको मृत्यु, एक अमेरिकी नागरिक वेपत्ता

काठमाडौं । कञ्चनजंघा हिमाल आरोहणका क्रममा दुई भारतीय नागरीगको मृत्यु भएको छ । 

विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणका क्रममा बुधवार राति दुई भारतीय नागरिकको मृत्यु भएको हो । 

काठमाडौंस्थित पीक प्रमोशन प्रालिका सेल्स तथा मार्केटीङ निर्देशक पासाङ शेर्पाले उनीहरुको मृत्यु भएको पुष्टी गरेका छन् ।

मृत्यु हुनेमा भारतीय नागरिक ४८ वर्षीय विप्लव वैद्य र ४६ वर्षीय कुन्ताल करार रहेका छन् । 

पर्यटन विभागका निर्देशक मिरा आचार्यका अनुसार कुन्ताल आरोहण गर्ने क्रममा ८ हजार मिटर आसपासमा मृत्यु भएको र विप्लवको भने आरोहण सकेर फर्किने क्रममा मृत्यु भएको हो ।

त्यसैगरी दक्षिण अमेरिकी मुलुक एक नागरिक भने वेपत्ता भएका छन् । 

अमेरिकी नागरिक चिलीका रोडरिगो भिभ्यान्को भने वेपत्ता भएका हुन् । 

उनी आरोहण सकेर फर्किने क्रममा चौथो शिविरभन्दा माथीबाट हराएको हुनसक्ने अनुमान निर्देशक शेपाको छ । 

यसैबीच भारतीयहरुको शव शुक्रबार दोस्रो शिविरसम्म ल्याइने र त्यहाँबाट हेलिकप्टरमार्फत काठमाडौं ल्याइने कम्पनीले जनाएको छ ।

हराएका रोडरीगोको खोजी भइरहेको उनले बताए । 

कञ्चनजंघा आरोहणमा चारवटा आरोहण दल गएका थिए भने २३ आरोही थिए ।

२३ जना आरोहीमध्ये एक जर्मनी र दुई भारतीय नागरिक बिरामी भएकाले बिहीवार बिहान कैलाश एयरको हेलिकप्टरले उद्धार गरी काठमाडौं ल्याउने तयारी भएको निर्देशक शेर्पाले जानकारी दिए । 

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 18 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?